Thu. Apr 25th, 2024

काठमाडाैँ । चर्चित नेपाली टेलि सिरियल ‘हर्के हल्दार’ले युट्युबको ट्रेन्डिङमा पहिलो स्थान पाएको छ । यस सिरियलको पछिल्लो एपिसोड(५३३)ले प्रशारणको तीन दिनमा युट्युब ट्रेन्डिङको पहिलो स्थान समातेको हो ।

दशकभन्दा पहिलेबाट नै नेपाली दर्शकहरूमाझ चर्चित यो सिरियल दर्शकहरूले सँधै रूचाइरहेका छन् । तर, पछिल्लो समय धेरै निर्माण भएरहेका सिरियलले युट्युबमा भ्युजको खडेरी सामना गरिरहेका बेला ‘हर्के हल्दार’ भने पहिलो स्थानमा पुगेको छ ।

कलाकार विनोद परियारले हर्के हल्दार ट्रेन्डिङ्गमा आउनुमा कथा अनुसारको पात्र र पात्र अनुसारको कथा साथै हरेक कालाकारले आफ्नो प्रस्तुतिलाई राम्रोसँग निभाएको प्रतिफल भनेका छन् ।

यस सिरियलका निर्माता तथा निर्देशक इन्द्र दोङ् लामा (खम्बे) हुन् ।

Leave a Reply

%d bloggers like this: