फिल्म ‘हेल्लो जिन्दगी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडाैँ । फिल्म ‘हेल्लो जिन्दगी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा आगामी ११ चैत्र (२५ मार्च, २०२२) मा देशव्यापी प्रदर्शनमा आउने तय भएको निर्देशक बोहराले जानकारी दिए ।

सत्य घटनामा आधारित रहेर निर्माण भएको फिल्ममा बिक्रम डि.जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply