Fri. May 3rd, 2024

पोखरा । पामे फिल्म फेस्टिभलमा पोखरामा फिल्म ‘महानगर’ को नेपाल प्रिमियर हुने भएको छ । फेस्टिभल पुस १२ गतेदेखि १६ गतेसम्म आयोजना हुँदैछ । भारतको कोलकातामा वर्ल्ड प्रिमियर गरिएको सो फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा समेत छनौट भएको थियो । सार्वजनिक प्रदर्शनको पर्खाइमा रहेको फिल्म नेपालमा भने पामे फिल्म फेस्टिभलमा पहिलो पटक देखाइन लागिएको हो ।

 

कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतको अभिनय देख सकिन्छ । मोहन राई निर्देशित फिल्मले एक रातको कथा भन्छ । सानो घटनाका कारणसँगै रात गुजार्न बाध्य एक युवा युवतीको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो ।

फिल्मलाई माउन्टेन रिभर फिल्मको सहकार्यमा मिडल वे फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

Leave a Reply

%d bloggers like this: