Fri. Mar 29th, 2024

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई पक्राउ गरिएको छ । मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो ।

उनी विदेश जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतको प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा शेखरले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ । प्रहरीअनुसार शेखरले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए ।

Leave a Reply

%d bloggers like this: