Sat. May 10th, 2025

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई मालोर्काले पराजित गरेको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई मालोर्काले २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै मालोर्का १६ खेलबाट १९ अंक जोडेर तालिकाको १२औं स्थानमा छ । पराजित एट्लेटिको १५ खेलबाट २९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

गएराति भएको खेलमा बार्सिलोनालाई उसकै मैदानमा १–० ले पराजित गरेको रियल बेटिस १६ खेलबाट ३० अंकसहित तेस्रो स्थानमा पुगेको छ।

त्यस्तै, अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–० ले पराजित गरेको हो। रियलका लागि भिनिसिअस जुनियर र जोविकले गोल गरे।जीतपछि शीर्ष स्थानको रियल मड्रिडको १६ खेलबाट ३९ अंक भएको छ।

Leave a Reply