Mon. Feb 24th, 2025

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदे आरक्षपीडितका समस्या समाधान गर्न कुरा गर्ने बताएका छन् । मंगलबार कञ्चनपुरमा कार्यक्रममा साउदले लामो समयदेखिका आरक्ष पीडितका समस्याका समाधान गर्न प्रधानमन्त्री देउवासँग कुरा गर्ने बताएका हुन् ।
उनले आरक्ष पीडितका समस्या तत्काल समाधान गर्न हसम्भव प्रयत्न गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै साउदले भने, ‘हामीले गछौं भनेर पहिले पनि भनेका थियौँ । अहिले पनि भनिरहेका छौँ । गर्छौँ पनि ।’
एमालेले नागरिकलाई विभिन्न अपेक्षा देखाएर धोका दिएको आरोप उनले लगाएका छन् । एमालेले केन्द्रमा सरकार परिवर्तन भएपछि विभिन्न प्रलोभन देखाएर नागरिक बहकाउने काम गरिरहेको बताउँदै उनले भने, ‘साढे तीन वर्षसम्म गर्छु भनेर बोलेको कुरा नगरेपछि अहिले जाउँजाउँ भन्ने बेला जस लिनका लागि भ्रम फैलाइरहेका छन् । यो कुरा हास्यास्पद छ, झुटा छ भन्ने कुरालाई हाम्रो पार्टी साथीहरुले गाउँ गाउँसम्म लैजानुपर्छ ।’

Leave a Reply