Thu. Apr 18th, 2024

एजेन्सी । अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘पठान’ को सुटिङ सुरु गरेकी छन् । जसको जानकारी फिल्म युनिटका एक सदस्यले दिएका छन् । दीपिका मुम्बई सुटिङ सेडुलका लागि शाहरुख खान झै फिल्म युनिटसँग जोडिएकी हुन् । उनले अबको १५, २० दिन नियमित पठानको सुटिङ गर्ने बताइएको छ ।
शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको दोस्रो चरणको सुटिङ सुरु भएको थियो । कोरोनाको कारण फिल्मको सुटिङ रोकिएको हो । ‘पठान’ मा शाहरुख अहिलेसम्मकै फरक भूमिकामा देखिँदैछन् । फिल्ममा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम र डिम्पल कपाडियाको समेत महत्वपूर्ण भूमिका रहनेछन् । सलमान खानको स्पेशल केमियो रहने फिल्म सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन्

Leave a Reply

%d bloggers like this: