Fri. May 17th, 2024

एजेन्सी । बलिउड सुपरस्टार आमिर खान र उनकी पत्नी किरण राओको सम्बन्ध बिच्छेद भएको छ । शनिबार २ जनाले नै विज्ञप्तीको जारी गर्दै सम्बन्ध विच्छेद भएको आधिकारीक जानकारी दिएका हुन् ।
उनीहरूले जारी गरेको विज्ञप्तीमा धेरै पहिलेदेखि नै उनीहरू छुट्टिन चाहेको उल्लेख गरिएको छ । सम्बन्ध विच्छेद भएता पनि उनीहरू पानि पाउण्डेसनका लागि भने सँगै काम गर्ने जानकारी दिएका छन् ।
आमिर खान र किरण राओ १५ वर्षदेखि वैवाहिक जीवनमा बाँधिएका थिए ।
उनीहरूले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हामी अब जीवनको छुट्टै अध्याय सुरू गर्न चाहन्छाैँ । अब हामी पति-पत्नीको रूपमा रहेनाैँ । तर, सन्ततिका लागि अभिभावक भने छाैँ । ‘
आमिर खान र किरण राओका एक छोरा छन् । उनीहले सन् २००५ मा विवाह गरेका थिए ।

Leave a Reply

%d bloggers like this: