Mon. Feb 24th, 2025

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान कोलम्बिया, उरूग्वे, इक्वेडर र अर्जेन्टिनाले खेल खेलेसँगै सेमिफाइनलमा स्थान बनाउने टोलीको टुंगो लागेको हो ।
आइतबार बिहान भएको पहिलो खेलबाट कोलम्बिया सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । निर्धारित समयमा बराबरीमा सकिएको खेलमा फेनाल्टी सुटआउटमा उरूग्वेलाई ४–२ गोल अन्तरले हराउँदै कोलम्बियाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
त्यसैगरी, आइतबार नै भएको दोश्रो खेलमा इक्वेडरमाथि ३–० को सहज जित दर्ता गर्दै अर्जेन्टिना पनि कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । अर्जेन्टिनालाई सेमिफाइनलको यात्रा तय गराउनका लागि रोड्रिगो डे पल, लाैटारो मार्टिनेज र कप्तान लियोनल मेसीले एक-एक गोल गरेका थिए ।
शनिबार भएका २ खेलबाट आयोजक ब्राजिल र पेरू सेमिफाइनलमा पुगिसकेका छन् ।
अब फाइनलमा स्थान बनाउनका लागि ब्राजिलले पेरू विरूद्ध खेल्दा अर्जेन्टिना र कोलम्बियाको भिडन्त हुनेछ । सेमिफाइनलका खेल जुलाइ ६ र ७ तारिखमा हुनेछन् ।
कोपा अमेरिकाको फाइनल खेल जुलाइ ११ तारिखमा ब्राजिलको मराकाना स्टेडियममा हुनेछ ।

Leave a Reply