Mon. May 12th, 2025

काठमाडौँ । फिल्म निर्देशक तथा कलाकार बिशारद बस्नेतको ३९ वर्ष उमेरमा शुक्रबार निधन भएको छ। कोभिड संक्रमणका कारण उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो।
भारतमा जन्मिएका विशारदले लामो समय उतै काम गरेका थिए। बस्नेतले ‘मिस्टर भर्जिन’ फिल्मको निर्देशन गरेका थिए। नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका उनी क्रिएटिभ निर्देशक थिए। उनी अभिनय प्रशिक्षण पनि गर्थे।
उनको शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ।

Leave a Reply