Sat. Apr 20th, 2024

काठमाडाैँ । सफल नेपाली चलचित्र ‘प्रेम गीत’को तेश्रो सिक्वेल ‘प्रेम गीत ३’ प्रदर्शनको प्रतिक्षामा छ । सबै तयारी भइसकेर प्रदर्शनका लागि ठिक्क पारेको अवस्थामा कोरोना भाइरस नियन्त्रणका लागि २०१७ साल चैतबाट जारी गरिएको लकडाउनसँगै यसको प्रदर्शन मिति धकेलिएको छ ।
तर, अहिले यो फिल्म हिन्दी भाषामा पनि पूर्ण निर्माणको अन्तिम चरणमा पुगेको छ । हिन्दी डबिङ सकिएको केही महिनापछि यो फिल्मको हिन्दी सम्पादन पनि सकिएको छ ।
चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रको हिन्दी भर्सनको सम्पादन सकिएको जानकारी दिएका छन् । उनले प्रेम गीत ३ को हिन्दी भर्सनको सम्पादन सञ्जाल संकलाले गरेको जानकारी दिएका छन् ।
यो फिल्मको हिन्दी भर्सनको सम्पादन मुम्बइमा गरिएको हो । जहाँ हिन्दी डबिङ पनि गरिएको थियो ।
निर्माता सेनका अनुसार सम्पालक संकलाले ‘प्रेम गीत ३’ कथा, लोकेशन र कलाकारको प्रशंसा गरेको पनि बताएका छन् । उनले कराेडाैँ लगानीका फिल्म सम्पादन गरेको भएता पनि तुलनात्मक रूपमा सानो लगानीमा बनेको यो चलचित्रलाई पनि उत्तिकै सम्मान दिएको बताएका छन् ।
‘प्रेम गीत ३’को हिन्दी भर्सनको सम्पादन सकिएपछि अहिले मिक्सिङको काम धमाधम भइरहेको उनले निर्माता तथा निर्देशक सेनले जानकारी दिएका छन् ।
यो फिल्मको हिन्दी डबिङ बलिउडका प्रख्यात डबिङ आर्टिस्टहरूले गरेका थिए । डबिङको दाैरान सबै आर्टिस्टहरूले फिल्मको प्रशंसा गरेका थिए ।

Leave a Reply

%d bloggers like this: