मुम्बई । अभिनेता शाहरुख खानको मुख्य भुमिका रहने फिल्म ‘पठान’को सुटिङ फेरि सुरु भएको छ । शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको सुटिङ सुरु भएको हो ।
फिल्म ‘पठान’मा शाहरुख अहिलेसम्मकै फरक भुमिकामा देखिँदैछन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम र डिंम्पल कपाडियाको समेत महत्वपुर्ण भुमिका रहनेछ ।
फिल्ममा सलमान खानको पनि स्पेशल केमियो रहने बताइएको छ । फिल्मको यस अगाडि कोरोना भाइरसको दोस्रो लहर सुरु हुन अगाडि सुटिङ सुरु भएको थियो ।
कोरोना कहरका कारण देशमा लकडाउन गरिएकोले सुटिङ रोकिएको थियो । अहिले कोरोनाको कहर कम भएको छ । त्यसैले निर्माण युनिटले फेरि फिल्मको काम सुरु गरेको हो ।
