Tue. Dec 24th, 2024

एजेन्सी । अतिरिक्त समयमा अस्ट्रियालाई २–१ ले हराउँदै इटलीले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । पछिल्ला ३० खेलदेखि अपराजित इटलीले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेल्यो । तर अतिरिक्त समयको पहिलो हाफमै दुई गोल ग-यो ।
इटलीका लािग ९५ मिनेटमा वैकल्पिक खेलाडी फेडरिको चिसाले अग्रता दिलाए । त्यसपछि १ सय ५ औं मिनेटमा माटियो पेस्सिनाले अर्को गोल थपे, उनी पनि वैकल्पिक खेलाडीकै रुपमा मैदान छिरको थिए । अस्ट्रियाले १ सय १४ मिनेटमा गोल फर्कायो । सासा कालज्जिकले उसका लागि गोल गरे ।
यससँगै लगातार ११ गोलसम्म कुनै गोल नखाएको इटलीको किर्तिमान भने भंग भयो । तर, आफ्नो अपराजित यात्रा ३१ खेलसम्म कायम राख्दै क्वाटफाइनलमा स्थान बनाउन भने इटली सफल भयो । यो इटलिको सबैभन्दा लामो अपराजित यात्रा हो । यसअघि १९३० को दशकमा ३० खेलसम्म इटली अपराजित थियो र यही समय उसले ओलम्पिक स्वर्ण र विश्वकप जितेको थियो । युरोकपमा पछिल्ला चार
संस्करणमा इटलीले लगातार अन्तिम आठको यात्रा गरेको हो ।
त्यस्तै, अर्को खेलमा वेल्समाथि ४–० गोल अन्तरको जीत निकाल्दै डेनमार्क पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

Leave a Reply