Mon. Jul 22nd, 2024

काठमाडाैँ । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । कोरोना संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्यमासुधार आएको हो ।
संगीत समीक्षक प्रकाश सायमीले गायक श्रेष्ठको स्वास्थ्यमा सुधार आएको फेसबुक मार्फत जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुखद् खबर । गायक संगीतकार दीप श्रेष्ठ दाइलाई अहिले कस्तो छ भनेर मैले सोधेको प्रश्नमा उहाँले टेक्स्ट मै उत्तर दिनु भयो , ‘अहिले केही आरामी छ । ‘ यो सुखद् सन्देश सबैमा शेयर गरेँ । यसअघि उहाँको स्वास्थ्यस्थितिबारे राज्य मन्त्री रामवीर मानन्धरलाई जानकारी गराएँ । सामाजिक अभियन्ता रतन चन्द, संगीतकार आनन्द राई अनि गीतकार राजेन्द्र थापा सित पनि छलफल भो ।’

Leave a Reply

%d bloggers like this: