काठमाडाैँ । अभिनेत्री करिश्मा मानन्धरले चलचित्र प्राविधिकका लागि राहत बाढेकी छिन् । उनले आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् ।
नेपाल चलचित्र प्राविधिक संघको समन्वयमा उनले राहतमा चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय नगद समेत दिएकी हुन् ।
‘यो महामारीको समयमा हामी सबैले हातेमालो गर्नु जरुरी छ । प्राविधिकहरू हाम्रा आफ्नै घरका सदस्यहरु हुन् । त्यसैले जति सकिन्छ । त्यो सहयोग गरौँ ।’ करिश्माले भनिन् ।
प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले महामारीको समयमा प्राविधिकहरू सबैभन्दा बढी मार्कामा परेको भन्दै सहयोगका लागि अपिल समेत गरे ।
कोरोना भाइरसको महामारीका बेला निषेधाज्ञा जारी भएपछि चलचित्र प्राविधिकहरू काम विहिन भएर समस्यामा परिरहेका छन् ।
