Wed. Jan 15th, 2025

काठमाडाैँ । हास्यकलाकार रवि डंगोल (का बेमान) अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि स्वास्थ्यअवस्था बिग्रिएर अपताल भर्ना भएका रवि आइतबार घर फर्किएका हुन् ।
कोरोना संक्रमणले जटिल रूप लिएपछि रवि ललितपुरको निदान अस्पतालमा भर्ना भएका छन् । उक्त अस्पतालमा ९ दिनको उपचारपछि घर फर्किएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
‘धेरै दिनदेखि कोरोनासँग जुधिरहेको छु । ९ दिन धेरै सकस र कठिनपूर्ण घरमै र ९ दिन निदान अस्पतालको उपचारपछि हिजो घर फर्केको छु ।’ डंगोलले सामाजिक संजालमा लेखका छन् ।
रविले उनकी पत्नीको घरमा नै अक्सिजनको सहायताले उपचार भइरहेको समेत जानकारी दिएका छन् ।

Leave a Reply