Thu. Jan 23rd, 2025

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले यस सिजनको प्रिमियर लिग जितेको छ । गएराती म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग पराजित भएपछि सिटीले ३ खेल अगावै लिगको उपाधि जितेको हो ।
अंक तालिकाको पहिलो स्थानमा रहेको सिटीले ३५ खेल खेल्दै ८० अंक जोडेको छ । उसले खेलेका ३५ खेलमध्ये पाँच खेलमा जीत, पाँच खेलमा हार तथा २५ खेलमा जित हात पारेको थियो ।
त्यस्तै, दोश्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले समान ३५ खेलमा ७० अंक जोडेको छ । युनाइटेडले १० खेलमा बराबरी, ५ खेलमा हार तथा २० खेलमा जीत हात पारेको छ ।
यस सिजनको प्रिमियर लिग साविक विजेता लिभरपुलका लागि बिर्सनलायक रह्यो । लिभरपुलले ३४ खेलमा जम्मा ५७ अंक बटुल्न सफल भएको छ । यस सिजन लिभरपुलले जम्मा १६ खेलमा स्पष्ट जीत निकालेको छ । अंक तालिकाको छैठाैँ स्थानमा रहेको लिभरपुलले आगामी सिजन च्याम्पियन्स लिग नखेल्ने संभावना रहेको छ ।
म्यानचेस्टर सिटीले प्रिमियर लिग जितेसँगै चेल्सीको उपाधि संख्यामा बराबरी गरेको छ । अहिलेसम्म सिटी र चेल्सीले पाँच पाँच पटक प्रिमियर लिगको उपाधि चुमेका छन् ।
सिटी यो सिजन च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ । मे २९ तारिखमा च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्दैछन् ।

Leave a Reply