काठमाडौं । नेपाली फिल्म इण्डस्ट्रीका नायक प्रदीप खड्का पेप्सीको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।
पेप्सीले नायक खड्कालाई लिएर गर्मी मौसमका लागि युवा लक्षित प्रचार अभियान अघि बढाएको छ ।
नायक खड्काले पहिलेदेखि नै पेप्सीको आफू फ्यान रहेको बताए । उनले पेप्सीसँग जोडिन पाउँदा खुसी पनि व्यक्त गरे ।
प्रदीप खड्का नेपाली फिल्ममा रूचाइएका नायक हुन् । अहिलेका युवा पुस्ता उनको अभिनयको फ्यान छन् ।
