Fri. Apr 19th, 2024

एजेन्सी । यो वर्षको चलचित्र क्षेत्रका सर्वाधिक चर्चित तथा सम्मानित एकेडेमी अवार्ड (अस्कर) मा पुरस्कृत भइ इतिहास बनाउन निर्देशक क्लोइ झाओ सफल भएकी छन् ।
झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा आधारित नोम्याडल्याण्ड सर्बोत्कृष्ट चलचित्र घोषित भएको छ । त्यसैगरी चलचित्र द फादरका अभिनेता–सर एन्थोनी हकिन्सले सर्वोत्कृष्ट अभिनेताको उपाधि चुम्न सफल भएका छन् ।
पुरस्कृत चलचित्र नोम्याडल्याण्डकै अभिनेतृ फ्रयान्सिस म्याकडोम्र्यानलाई र सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार र मिनारीकि अभिनेतृ यू–जोङ्ग योनलाई प्राप्त भएको छ ।
त्यसैगरी सर्वोत्कृष्ट सहअभिनेताका लागि जुडास एण्ड द ब्ल्याक मसायाका सहअभिनेता र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र पुरस्कारका लागि डेनमार्कको अनादर राउण्ड नामक चलचित्रलाई छानिएको छ ।

Leave a Reply

%d bloggers like this: