Thu. Apr 25th, 2024

एजेन्सी । फिल्म नोम्याडल्याण्डले यो वर्षको ओस्कार अवार्ड जित्न सफल भएको छ । वर्षभरीकै उत्कृष्ट हुँदै यो फिल्मले अन्य तीन विधामा समेत अवार्ड पाएको छ ।
त्यस्तै, ब्रिटिस अभिनेता सर एन्थोनी हप्किन्सले र डानियल क्यालुयाले अभिनय तर्फको ओस्कार अवार्ड जित्न सफल भएका छन् । नोम्याडल्याण्डकी निर्देशक क्लो झाओले उत्कृष्ट निर्देशकको अवार्ड जित्दै इतिहासमा नाम लेखाएकी छिन् ।
उनी ओस्कार जित्ने दोश्रो महिला निर्देशक बन्दा पहिलो एसियन महिला निर्देशक बन्न सफल भएकी छन् ।
त्यस्तै, ८३ वर्षीय अभिनेता हप्किन्सको नाममा पनि एउटा रेकर्ड कायम भएको छ । ओस्कार जितेसँगै हप्किन्स यो अवार्ड जित्ने सबैभन्दा जेठा व्यक्ति समेत भएका छन् । त्यसैगरी, क्यालुया ओस्कार अवार्ड जित्ने पहिलो अश्वेत अभिनेता बन्न सफल भएका छन् ।
बेलायती लेखक, अभिनेत्री तथा निर्देशक इमराल्ड फेनेलले स्क्रिन प्ले विधामा उत्कृष्ट अवार्ड पाउन सफल भएकी छन् । उनले नै निर्देशन गरेको क्यमिला पार्कर वोल्स इन द क्राउनले बेस्ट ओरिजिनल स्क्रिनप्ले अवार्ड जित्न सफल भएको छ ।
नोम्याडल्याण्डकी अभिनेत्री फ्रान्सेस म्याक्डोरम्याण्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा दक्षिण कोरियाली अभिनेत्री यु जुङ योनले बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड जितिन् । उनले मिनारी फिल्ममा निभाएको चरित्रले उक्त अवार्ड जित्न सफल भएकी हुन् ।

Leave a Reply

%d bloggers like this: