Wed. Jun 12th, 2024

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ । गएराती घरेलु मैदानमा भएको खेलमा बायर्न फ्रान्सको पेरिस सेन्ट जर्मनसँग पराजित भएको हो ।
घरेलु मैदानमा बायर्न २–३ गोल अन्तरले पराजित भयो । पिएसजीको जीतमा केलियन एम्बाप्पे र नेयमार नायक सावित भए । एमबाप्पेले २ गोल गर्दा नेयमारले भने गोलका लागि २ वटा पास उपलब्ध गराए ।
खेल सुरू भएको तेश्रो मिनेटमा नै बायर्न म्युनिख पछि परेको थियो । तेश्रो मिनेटमा केलियन एमबाप्पेले गोल गर्दा मार्किन्होसले २८ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यस्तै, ३७ मिनेटमा बायर्नका लागि चुपो बोटिङले गोल गर्दा बायर्नले खेलमा फर्किने संकेत देखायो । ६० मिनेटमा थोमस मुलरले गोल गर्दा बराबरीको अवस्थामा पुगेको बायर्न ६८ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोश्रो गोल गरेसँगै हार उन्मुख भयो ।
त्यसैगरी गएराती भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले पोर्चुगलको क्लब एफसी पोर्टोमाथि २–० गोल अन्तरको जीत दर्ता गर्यो ।

Leave a Reply

%d bloggers like this: