Fri. May 3rd, 2024

काठमाडौं । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो ।
खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् । योसँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा ट्रफी हात पारेको छ ।
राउण्ड रोबिन लिगका दुवै खेलमा गोल नगरे पनि नेपाल फाइनलमा पुग्न सफल भएको हो। नेपालले समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।
नेपालको दोश्रो गोल खेलको ४१ मिनेटमा विशाल राईले गरे ।
सोमबारको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पुगेका छन्। कीर्गिस्तानको, नेपाल र बंगलादेश सहभागी खेलको फाइनलमा शीर्ष दुईमा रहेका टोली पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले रंगशाला पुगेर म्याच बल रेफ्रीलाई हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए ।

Leave a Reply

%d bloggers like this: