Sun. May 19th, 2024

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना क्वाटर–फाइनलमा पुग्नबाट चुकेको छ । अन्तिम–१६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) सँग एक–एक गोलको बराबरी खेलेसँगै बार्सिलोना क्वाटर–फाइनल पुग्न सकेन ।
प्रि–क्वाटर फाइनलकाे दाेस्राे लेगमा बराबरी खेले पनि समग्रमा पाँच–दुईले पराजित हुँदा बार्सिलाेनाकाे च्यम्पियन्स लिग यात्रा राेकिएकाे हाे । पहिलाे लेगमा पीएसजीले बार्सिलाेनालाई उसकै मैदानमा चार–एकले हराएकाे थियाे ।
दाेस्राे लेगमा पेरिस सेन्ट जर्मेनका लागि केलियन एम्बाप्पेले पेनाल्टीमार्फत खेलको ३० औँ मिनेटमा गोल गरे । बार्सिलोनाका लागि खेलको ३७ औँ मिनेटमा लियोनेल मेसीले गोल गरे पनि क्वाटर फाइनलमा पुग्नका लागि पर्याप्त भएन ।
बार्सिलोना पछिल्लो १४ वर्षमा पहिलाे पटक क्वाटर फाइनलमा पुग्न नसकेको हो ।

Leave a Reply

%d bloggers like this: