एजेन्सी । बलिउड अभिनेता रणबीर कपुर कोरोनाद्वारा पोजेटिभ भएपछि अब निर्माता–निर्देशक सञ्जय लीला भंसाली पनि कोभिड–१९ द्वारा ग्रसित भएका छन् । सञ्जय यतिबेला सेल्फ आइसोलेशनमा छन् । फिल्म गंगूबाई काठियावाडीको सुटिङका बेला सञ्जय लीला भंसाली कोरोनाभाइरसद्वारा ग्रसित भएका हुन् । हाल फिल्मको सुटिङ रोकिएको छ ।
गंगूबाई काठियावाडी फिल्मको सुटिङ मुम्बई फिल्म सिटीमा भइरहेको थियो । सञ्जय लीला भंसाली कोरोना पोजेटिभ पाइएपछि फिल्मको सुटिङ बन्द गरिएको छ र सबै कास्ट र क्रुको कोरोना परीक्षण गरिएको छ ।
