एजेन्सी । भारतीय अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मानहानीको मुद्दामा मुम्बईको एक अदालतले रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अंधेरी महानगर मजिस्ट्रेटको अदालतले फेब्रुअरीमा मार्च १ तारिखम अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।
कंगनाको वकिल रिजवान सिद्दीकीले भने अदालतमा कंगनालाई अदालतमा हाजिर हुन आदेश दिनु नै कानुसम्मत नभएको बताएका थिए । निवेदकहरूले दिएको निवेदन प्रक्रियाअनुसारको नभएको भन्दै कंगनाको वकिलले अदालतमा रिट हालेका छन् ।
उता जावे अख्तरका वकिल वृन्दा ग्रोवरले भने कंगनाले प्रक्रियालाई नै चुनौती दिएको आरोप लगाएका छन् । उच्च अदालतले आदेश दिएपछि कंगना अदालतमा हाजिर हुनुपर्ने उनको तर्क छ ।