Mon. Oct 2nd, 2023

काठमाडौँ । राजधानीको मुटु मानिने दरबारमार्ग नजिक रहेको युवापुस्ता माझ लोकप्रिय जय नेपाल फिल्म हल अहिले बन्द भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको यो हल बन्द भएको हो ।
क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले आफुले हल अब सञ्चालन नगर्ने भएकाले अहिलेलाई बन्द भएको बताएका छन् । उद्दिनले आफुले भने उक्त हल अब नचलाउने स्पष्ट पारे ।
जय नेपाल फिल्म हलमात्र होइन कुमारी हल पनि अहिले बन्द रहेको छ । कुमारी हल भने अहिले मर्मतका लागि बन्द गरिएको हो । क्वेस्ट इन्टरटेनमेन्टले फिल्म चल्ने माहोल हेरेर कुमारी छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कोरोना महामारीका कारण मुलुकका अन्य धेरै हल समेत अहिले बन्द हुने अवस्थामा रहेका छन् ।
 

Leave a Reply

%d bloggers like this: