एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरूद्धको भ्याक्सिन लगाएका छन् । उनले सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा कोरोना भाइरसको खोपको पहिलो डोज लगाएको जानकारी दिएका छन् ।
मोदीले सेरम इन्सिच्युटले निर्माण गरेको ‘कोभिसिल्ड’ खोप लगाएका हुन् । भारतमा पहिलो चरणमा १ करोड ४३ लाख मानिसहरूले कोरोना भाइरसको भ्याक्सिन लगाइसकेका छन् ।
मोदीले कोरोना भाइरसको भ्याक्सिन लगाएपछि सबैलाई भ्याक्सिन लगाउन अनुरोध गरेका छन् ।
भारतमा अहिले कोरोनाको प्रकोप बिस्तारै कम हुँदै गइरहेको त्यहाँको स्वास्थ्य संस्थाको तथ्यांकले देखाएको छ ।