एजेन्सी । भारतीय कलाकार सन्दीप नहर मृत फेला परेका छन् । अक्षय कुमारको ‘केसरी’ र सुशान्त सिंह राजपूतको ‘एम एस धोनी’मा काम गरेका सन्दीप सोमबार मृत फेला परेका हुन् ।
उनले सोमबार फेसबुकमा ठूलो कदम चाल्न गइरहेको भन्दै स्टाटस लेखेका थिए ।
मुम्बइ निवासी उनको शव सोमबार साँझ नै पोष्टमार्टमका लागि अस्पताल लगिएको बताइएको छ ।
उनले फेसबुकको स्टाटसमा सासू आमा र पत्नी कन्चनाले दुर्व्यवहार गरेको उल्लेख गरेका छन् । उनले पत्नीसँगको सम्बन्ध राम्रो नभएको पनि उक्त पोष्टमा उल्लेख गरेका छन् । यद्यपी, उनले आफ्नो मृत्युको जिम्मेवार कोही नभएको प्रष्ट पारेका छन् ।
उनले मृत्युलाई नै समस्याको समाधान भएको उल्लेख गरेका छन् । सन्दीपले बलिउडमा भएको राजनीतिको निन्दा समेत गरेका छन् ।
