Fri. May 9th, 2025

काठमाडौं। नेपाल चलचित्र संघले पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने भएको छ।सोमबार विज्ञप्ति जारी गर्दै सरकारले फिल्म हल खुलाउन कुनै चासो नदेखाएकोले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले स्पस्ट पारे।
विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
सरकारले यसअघि नै विभिन्न क्षेत्र खुला गरे पनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।

Leave a Reply