एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप तीन जना खेलाडी कोरोना संक्रमित भएका छन् । पीएसजीले विज्ञप्ति जारी गर्दै पछिल्लो पटकको कोरोना परिक्षणमा थप तीन खेलाडीमा कोरोना पुष्टि भएपनि नाम भने गोप्य नै राखेको छ ।
दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप दुई खेलाडीमा कोरोना पुष्टि भएको थियो।
एक साताको बीचमा ६ जना खेलाडीमा कोरोना पुष्टि भएसँगै पीएसजीको नयाँ सिजनको यात्रा थप अन्योलता बढेको छ ।
