Thu. Mar 28th, 2024

चलचित्र ‘सेन्टी भाइरस’को बुकिङ खुल्ला गरिएको छ । काठमाडाैका विभिन्न मल्टिप्लेक्समा यो फिल्मको अाजबाट बुकिङ खुल्ला गरिएको हो । सुविहानी फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्र फागून ९ गतेबाट रिलिज हुँदैछ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दिन्डु लामाको लगानी छ । चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एकसन छ । चलचित्रका सह–निर्माता फुर्वा हेल्मो हुन् ।

काठमाडाैँका मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्स, नर्थ सिनेमा प्रालि, लोत्से इन्टरटेनमेन्ट, एफक्युव सिनेमा लगायतका हलमा यो फिल्मको बुकिङ खुला गरिएको छ ।

यो फिल्मो निर्माण पक्षले फिल्मबाट कमाएको नाफाको ५० प्रतिशत चितवनमा निर्माणाधीन गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि प्रदान गर्ने बताइसकेको छ ।

Leave a Reply

%d bloggers like this: