Sun. May 5th, 2024

गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनि ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

केहिदिन अघि त्रिभुबन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएपछि फेसबुक लाइभ मार्फत उनले प्रहरीलाइ गालीगलौज गरेकी थिइन् । तिनै महिला प्रहरीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ अनुसार अभद्र व्यवहार कसूरमा आस्था विरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । सोमबार बिहानै परिवारसँगै आस्था राउत प्रहरी परिसर टेकु पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोमबार नै उनलाई रिहा गरिने अनुमान भैरहदा उनलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिईएको थियो ।

Leave a Reply

%d bloggers like this: