Tue. Apr 16th, 2024

कवि गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ ब्याण्ड नेपथ्यले भिडियोमा उतारेको छ । अम्बर गुरुङले संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका यो गीतले नेपाली झण्डाको महिमा बोल्छ । पहिले यो गीत संगीतकार अम्बर गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो । यो गीतलाई पछिल्लो समय नेपथ्यले नयाँ एरेन्जमेन्टका साथ गाउँदै आएको छ । नेपथ्यको एल्बम ‘मेरो देश’ मा समेत यो गीतलाई समेटिएको छ । संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमती लिएर नेपथ्य ब्याण्डले यो गीतको नयाँ एरेन्जमेन्टका साथ नेपथ्यका मुख्य गायक अमृत गुरुङको स्वरमा रेकर्ड गरेर भिडियो तयार गरेको छ ।

 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: