श्रीलंकाका क्रिकेटर मुथैया मुरलिधरनको जीवनीमा आधारित रहेर एक तामिल फिल्म बन्ने भएको छ । उक्त वायोपिकमा मुरलिधरनको भूमिकामा तामिल सुपर स्टार विजय सेथुपथी देखिने भएका छन् । फिल्म एम एस श्रीपाथीले निर्देशन गर्दै छन् ।
फिल्मको नाम फाइनल गरिएको छैन । तामिल भाषामा फिल्म निर्माण भए पनि अन्य भाषामा समेत फिल्म देखाइने छ । फिल्मको विषयमा मुरलिधरनले बताए ‘म सम्मानित महसुस गरिरहेको छु । म खुसि छु कि विजय जस्ता अब्बल अभिनेता मेरो भूमिकामा देखिदै छन् । म यो फिल्मको कृएटिव टिमको सम्पर्कमा छु र केहि महिनाबाट फिल्म निर्माणमा संगसंगै छु ।’
