सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म ‘कीर्तिपुर’ को गीत सार्वजनिक भएको छ । गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ । ‘इतिहासको पानामा’ गीत प्रदीप खड्गीले तयार गरेका हुन् ।
प्रदीप खड्कीको निर्देशनमा तयार भएको फिल्म यहि असार १३ बाट प्रदर्शनमा आउने छ । बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित फिल्ममा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मी लगायतको अभिनय रहेको छ । बिरेन्द्र ताम्राकार, प्रेम खड्गी, अनन्त श्रेष्ठ निर्माता रहेको फिल्ममा सम्बाद पनि निर्देशक प्रदीप खड्गीको रहेको छ । रिच इन्टरटेन्मेण्ट प्रा.लीका करण श्रेष्ठ बितरक रहेको फिल्म ऐतिहासिक बिषयमा बनेको छ ।
https://www.youtube.com/watch?v=DXGrD15dO3s
