Sat. May 18th, 2024

सुपरहिट जोडि प्रदिप खड्का  र जसिता गुरूङको फिल्म “लभ स्टेशन” जापानका ३ ठूला शहरहरूमा प्रदर्शन हुने भएको छ । यस अघि जापानको टोकियोमा प्रदर्शन निश्चित भएको फिल्मले जापानका अन्य २ शहरमा पनि प्रदर्शन हुने भएको हो  ।
संयुक्त एकता अपाङ्ग अावाज केन्द्र सहयोगार्थ यो फिल्म जापानको राजधानी टोकियोमा नमस्ते टोकियो टिभिको प्रस्तुतिमा जुन २३ मा यो फिल्म प्रदर्शन हुँदैछ । टोकियो स्थित नाकानो जेरो हलमा यो फिल्म साझ ६ बजेबाट यो फिल्म प्रदर्शन हुने तय भएको छ ।
त्यसैगरी “लभ स्टेशन” जुन २५ तारिखमा  नागोया सिटिको नाकाकु कुयाक्सो अन्डरग्राउण्ड हलमा र जुन २९ मा फ़ूकूओका शहरको अाकासाका सिमिन हलमा प्रदिप र जसिताका साथमा प्रदर्शन हुनेछ ।

Leave a Reply

%d bloggers like this: