Fri. May 3rd, 2024

दर्शकले निकै विश्वास गरेको सिरिज हो- ‘प्रेमगीत’ । यस सिरिजको पहिलो फिल्मले निर्माता डुबाए पनि दर्शकलाई खुसी बनाएको थियो । दोस्रो सिरिजले भने बक्सअफिसमा राम्रै पैसा छाप्यो । ‘प्रेमगीत’ को दुई पार्टले अभिनेता प्रदीप खड्कालाई स्टार बनाएको थियो । अब यस फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ ।
छेतेन गुरुङ र ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले मिलेर फिल्मको निर्देशन गर्दैछन् । ‘प्रेमगीत ३’ मा पनि अभिनेता प्रदीपले नै ‘प्रेम’ को भूमिका निभाउँदैछन् । उनको अपोजिटका लागि भने अभिनेत्रीको टुंगो लागेको छैन । यद्यपि, निर्माण टिमले नीति शाहलाई अप्रोच गरेको थियो । तर, उनले तत्काल फिल्म नगर्ने घोषणा गरिसकेकी छन् ।
नीतिले प्रदीपसँग जोडी बाँध्न अस्वीकार गरेपछि निर्माता सेनले अब नयाँ अनुहार लिने भएको छ । फिल्म निर्माण कम्पनी आशुसेन फिल्मस्ले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने उल्लेख छ ।
 
 

filmykhabar.com

Leave a Reply

%d bloggers like this: