Sun. May 5th, 2024

युरोपियन फुटबल एसोसिएशन (युइएफए) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आज स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुलबी भिडन्त हुँदै छ ।
नेपाली समय अनुसार बुधबार राति १२ : ४५ बजे बार्सिलाेनामाे घरेलु मैदान क्याम्प नोउमा हुनेछ । दोस्रो लेगको खेल लिभरपुलको घरमा अर्को साता हुनेछ ।
यस सिजनकाे प्रतियोगिताका उपाधिका प्रमुख दुई दाबेदार टिम भएकाले याे खेल सर्वाधिक आकर्षणको केन्द्रमा छ । धरैले यस खेललाई यस सिजनको च्याम्पियन्स लिगको फाइनलसरह मानेका छन् ।
लिभरपुर लगातार दोस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ ।
गएको सिजन रियल मड्रिडसँग पराजित भएर उपाधि बिहीन भएको लिभरपुलले यो पटक सेमिफाइनलमै युरोपको बलियो टिम बार्सिलाेनासँग प्रतिस्पर्धी गर्दैछ ।
बार्सिलोना कस्तान स्टार स्ट्राइकर लियोनल मेस्सीलाई लिभरपुले आफ्नो बाधकको रुपमा हेरेको छ । युरोपको बलियो टिम र मेस्सी भएकाे कारण लिभरपुललाई फइनलमा पुग्नकाे लागि निकै कठिन ठानिएकाे छ ।
बार्सिलोनाका फरवार्ड फिलिप्पे काउटिन्होले लिभरपुल उनीहरुको फरवार्ड मोहम्मद सलाह, साडियो माने र रोर्बेटो फेर्मिनोको कारण मात्र नभई पुरा टोलीनै बलियो रहेकोले सचेत हुनु पर्ने बताएका छन् ।
फुटबल पण्डितहरुले बार्सिलोना र लिभरपुलबिचको सेमिफाइनल खेल अपेक्षाकृत भन्दा फरक नतिजासहित टुंगिन सक्ने बताएका छन् ।
क्वाटरफाइनलको खेलमा बार्सिलोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई समग्रमा ४–० गाेल अन्तरले पाराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे थियाे भने, लिभरपुरलले पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थियाे ।
बार्सिलाेनाले पहिलाे क्वाटरफाइनलकाे खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० गाेल अन्तरकाे पराजित गरेकाे थियाे भने दाेस्राे खेलमा ३–० गोल अन्तरले पराजित गरेकाे थियाे ।
लिभरपुलले क्वाटरफाइनलकाे खेलमा एफसी पोर्टोलाई पहिलाे खेलमा दुई शून्यको गाेल अन्तरले पराजित गरेकाे थियाे भने दाेस्राे खेलमा ४–१ गोल अन्तरले पराजित गरेकाे थियाे ।

Leave a Reply

%d bloggers like this: