Fri. May 3rd, 2024

विदेशी एअरलाइन्सहरुले विदेशी मुलुक जाने क्रममा विभिन्न देशका विभिन्न भाषाका फिल्म जहाजभित्र देखाउने गर्दछन् ।
नेपाली फिल्म भने कुनै एअरलाइन्समा देखाइंदैन इच्छा र चाहना बेगर पनि नेपाली यात्रुहरुले अन्य देशका चलचित्रहरु हेर्न पर्ने बाध्यता रहेको थियो । तर, अब नेपालीहरु याे बाध्यताबाट मुक्त हुँदैछन् यसको शूरुवात गरेको छ युएइको एअरलाइन्सले । नेपालबाट दुबइ जाने तथा दुबइबाट नेपाल फर्कने दुवै रुटमा नेपाली फिल्म हेर्न पाइने भएको छ ।
यसका लागि यूएइको एक एयरलाइन्सले नेपाली फिल्म खरिद प्रक्रिया थालेको छ ।नेपालफ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्ससँग नेपाली फिल्म प्रदर्शन गर्ने गरि सहमती गरेको छ । यसको सुरुवात अभिनेता विपिन कार्की अभिनित फिल्म ‘हरी’ बाट हुँदैछ । नेपाली फिल्म प्रदर्शन गर्ने एयरलाइन्सको नाम भने अहिले नखुलाइए पनि सन् २०१९ को मे महिनाबाट ‘हरी’ फिल्म उपलब्ध हुने बताइएकाे छ ।
नेपालफ्लिक्सले गरेको यो सहकार्यसँगै नेपाली फिल्म निर्माताहरुलाई आम्दानीको नयाँ बाटो खुलेको छ र संसारभर नेपाली फिल्मको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

%d bloggers like this: