Wed. Jan 22nd, 2025

चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको नायक प्रदीप खड्काको फिल्म ‘लभ स्टेशन’को प्रोमोले चौतर्फी चर्चा कमाउन सफल भएको छ । आज फिल्मक निर्माता गोबिन्द शाहीले मनोरन्जनसंग कुरा गर्दै एस फिल्मको प्रोमोले ३३ हजार लाइक, १ हजार डीसलाइक तथा ७ हजार राम्रो कमेन्ट पाउने पहिलो फिल्म भएको बताएका हुन् ।

निर्माता गोबिन्द शाहीकै निर्माण रहेको फिल्म लिली बिलि बाट दर्शकको मन मुटुमा बस्न सफल जोडी प्रदीप र जसिता नै ‘लभ स्टेशन’का प्रमुख पात्रका रुपमा रहेका छन् । उनीहरु २ को जोडीलाई लिली बिलिले उत्कृष्ट बनाएको थियो ।

फिल्म ‘लभ स्टेशन’को हित हुने संकेत हो भन्दै निर्माता गोबिन्द शाहीले भने, ‘लभ स्टेशन निर्माणका लागि हामीले ठुलो मेहनत गरेका छौ । र हामी सम्पूर्ण निर्माण पक्ष तथा कलाकारहरु हाम्रो मेहनतलाई दर्शकले सहि मुल्यांकन गर्छन भन्नेमा ढुक्क छौ । हामिले ‘लभ स्टेशन’संग जोडिएर गरेका हरेक क्रियाकलापमा दर्शकहरुले अमुल्य साथ् दिएका छन् । हामीले उनीहरुको आशालै कुनै पनि हालतमा मर्न नदिने खाल्को काम गरेका छौ । ’

‘लभ स्टेशन’ अधिकांस बिदेशी भूमिमा शूटिंग हुने पहिलो नेपालि फिल्म हो । फिल्मका निर्माता गोविन्द शाहीले फिल्म नेपाल बाहिरका छिमेकी क्षेत्र दार्जिलिङ लगायतका स्थानमा फिल्मको सुटिङ गरिएकाले यो दर्शकका लागि नाैलो विषय हुनेछ । नेपाल बाहिरका स्थानमा भएको सुटिङबारे गोविन्द शाहीले भने, ” नेपालमै निर्माण भएका फिल्म हेरेर केहि दिक्दार महसुश गरेका दर्शकलार्इ केही नयाँ फिल्मी स्वाद दिने प्रयत्न हामीले गरेका छाैँ । यसले पक्कै पनि दर्शकको मनलार्इ छुनेछ। “

केहि दिन अगाडी रिलिज भएको येही फिल्मको गीत घाम जुन चाइदैनले पनि छोटो समयमा नै  लगभग १० लाख दर्शक पाएको  छ भने यसको ट्रेलारले १२ लाख दर्शकको माया बटुल्न सफल भएको छ  ।

काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई गोविन्द शाही निर्माण गरेका हुन् भने चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply