Sun. Feb 23rd, 2025

बहुप्रतिक्षित  चलचित्र ‘लभ स्टेसन’ को अफिसियल ट्रेलर  सार्वजनिक भएको छ । अाज विभिन्न कलाकारहरुका माझमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा ” लिलि बिलि  ” फिल्मका सुपरहिट जोडिलार्इ देखाइने छ । भियतनाम लगायत भारतका दार्जिलिङ , सिक्किम र नेपालका  सुन्दर लोकेशनमा छायाँकन गरिएको ट्रेलर मंगलबार रिलिज भएको हो । ट्रेलर दर्शकले सोचे भन्दा राम्रो र प्रेेमिल जोडिहरूको प्रेममा स्वाद थप्ने प्रकृतिको बनेको शाहीले बताएका छन् ।
ट्रेलर रिलिजको बारेमा बोल्दै शाहीले भने ” दर्शक तथा प्रदिप खड्का र जसिता गुरूङका फ्यानहरूको प्रतिक्षालार्इ नलम्ब्याउने निष्कर्ष सहित हामी ट्रेलर रिलिज गर्ने निर्णयमा पुगेका हौं । म लगायत सम्पूर्ण फिल्म युनिट यस ट्रेलरले दर्शकलार्इ फिल्म हेर्न लालायित बनाउँने कुरामा विश्वस्त छाैँ । ”
फिल्म युनिटले केही दिन अघि मात्रै पोस्टर रिलिज गरेको थियो । त्यसै गरि भ्यालेन्टाइन डेमा रिलिज गरिएको ” घाम जुन चािहँदैन “बोलको गित पनि सुपरहिट भर्इसकेको छ ।
चैत २२ मा देशभर प्रदर्शन हुने चलचित्र लभ स्टेसनमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ ।
काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई गोविन्द शाही निर्माण गरेका हुन् भने चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply