Wed. Jan 19th, 2022

काठमाडाैं । प्रदर्शनमा अाउने तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ” लभ स्टेशन ” समाज सेवाको मार्गमा समेत अग्रसर देखिएको छ । फिल्म युनिटका मुख्य व्यक्तिहरू केही राहत रकम लिएर करेन्ट लागेर दुबै हात गुमाएकी मेघा घिमिरेको दुखमा मलम लगाउन पुगेको हो ।

अाज फिल्म युनिटले दुबै हात गुमाएकी मेघा घिमिरेलार्इ भेटेर रू १ लाख रूपैयाँ हस्तान्तरण गरेको छ । यस सत्कार्यले के संकेत गर्छ भने फिल्म व्यापारमा मात्रै केन्द्रित नभर्इ सामाजिक उत्तरदायित्व प्रति पनि उत्तिकै केन्द्रित रहेको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै फिल्मका निर्माता समेत रहेका गोविन्द शाहीले मनोरञ्जनसँग बताए ” हामीले प्रदान गरेको यो सानो रकमले मेघाको दुबै हात फिर्ता ल्याउन त सक्दैन । तर यसले पक्कै पनि पीडामा मलम लगाउन मद्दत गर्नेछ ।  ” कलाकार भएर अर्कााको मुहारमा खुसी ल्यान तत्पर रहेको उल्लेख गर्दै शाहीले भने ” एक कलाकार भएको नाताले हाम्रो उद्देश्य दर्शक तथा पीडामा परेका व्यक्तिको मुहारमा खुसी ल्याउनु हो । हामीले सानो सहयोगबाट यसलार्इ सार्थक दिने प्रयास गरेका छाैँ । म पूरा फिल्म युनिटको तर्फबाट मेघालार्इ सहयोग गर्न सबैलार्इ अपिल समेत गर्दछु । ”

सहयोग रकम हस्तान्तरण गर्न ” लभ स्टेशन “का प्रमुख पात्र नायक प्रदिप खड्का र नायिका जसिता गुरूङको समेत उपस्थिति रहेको थियो । यी २ को जोडी शाहीकै फिल्म ” लिलि बिलि “बाट नेपाली दर्शकको मन मस्तिष्कमा बास गर्न सफल भएका थिए ।

चैत्र २२ गतेबाट वो्रल्ड वाइड प्रदर्शनमा अाउन लागेको फिल्म ” लभ स्टेशन ” को ” घाम जुन चाहिँदैन ” गीत भ्यालेन्टाइन डेको दिनबाट रिलिज भएको छ । रिलिज भएको १ हप्तामा नै गीतले युट्युबमा साढे ६  लाख दर्शक प्राप्त गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *