Mon. Sep 25th, 2023

चलचित्र ‘लभ स्टेसन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई देखाइएको छ । सार्वजनिक भएको एकै दिनमा यस गीतले युट्युबमा ३ लाख ६६ हजार  भ्युज पाउन सफल भएको छ  ।
गीतमा सिंगारिएका प्रदीप र जसिताको जोडीलाई दर्शकले अति रुचाएका छन् । यो भन्दा अगाडी प्रदीप र जसिताकै फिल्म लिलिबिलि पनि सुपरहिट भएको थियो ।
उषा शेरचन र दिपक शर्माको शब्द रहेको गीतमा सुगम पोखरेल र रेश्मा पुनको स्वर छ । भियतनामका सुन्दर लोकेशनमा छायाँकन गरिएको गीतको कोरियाग्राफी शिशिर खातीले गरेका हुन् । भिडियो आकर्षक वनेको छ ।
चैत २२ मा देशभर प्रदर्शन हुने चलचित्र लभ स्टेसनमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ ।
काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई गोविन्द शाही निर्माण गरेका हुन् भने चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: