Sun. Apr 28th, 2024

दुर्इ लोकप्रिय तथा मस्ट डिमान्डेड अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई एक अर्काका प्रतिस्पर्धीका रुपमा लिने गरिन्छ । दुईबीच स्टारडम र नम्बर वानको अघोषित लडाई छ भनिन्छ । लगभग बराबरको संख्यामा फिल्म गरिसकेका उनीहरु अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन् । दुईलाई लिएपछि फिल्म असफल हुँदैन भन्ने छाप फिल्म निर्मातामा परिसकाे छ । तर अहिले प्रदिप र अनमोल सामाजिक सञ्जालमा अन्तरक्रिया गरिरहेका छन् ।
 
अनमोल र प्रदीपको पहिलो पटक यस वर्ष राजधानीमा आयोजना भएको ‘एनएफडिसी अवार्ड’ मा भेट भयो । उनीहरु आमनेसामने मात्र भएनन् मिडियाको आग्रहलाई सहर्ष स्वीकार गर्दै अंकमाल गरेर मुस्कुराउँदै तश्बिर पनि खिचाच्न भ्याए । उक्त भेटपछि उनीहरुमा स्टारडमको लडाई सकिएको र एउटा अनमोल मित्रताको सुरुवात भएको चर्चा हुन थालेको छ ।
केही दिन अगाडि प्रदीपले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर आफ्नो आधिकारिक फेसबुक पेजबाट साझेदार गरेर एउटा नयाँ सुरुवात र मित्रताको उदाहरण पेश गरे । उनले ट्रेलर निकै मन परेको बताउँदै अनमोल र आफू दाजु-भाई रहेको समेत बताएका थिए । उनको यो सकारात्मक कदमलाई दर्शक र चलचित्रकर्मीले प्रशंसा गरेका छन् । यसले दर्शकमा उनीप्रतिको सम्मान अरु थपिएको बताउन थालिएको छ ।
प्रदीपले ‘क्याप्टेन’ को ट्रेलर साझेदार गरेको ६ दिनपछि अभिनेता अनमोल केसीले उनलाई धन्यवाद दिएका छन् । प्रदीपले फिल्मको ट्रेलर साझेदार गरेको फेसबुकको कमेन्टमा अनमोलले लेखेका छन्, ‘धन्यवाद प्रदीप । ‘लभ स्टेशन’ लाई शुभकामना ।’ प्रदीपको नयाँ फिल्म ‘लभ स्टेशन’ आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ भने अनमोलको ‘क्याप्टेन’ फागुन १७ मा प्रदर्शन हुँदैछ ।
केही समय अगाडिसम्म फ्यानहरुबीच पनि अनमोल र प्रदिपलाई लिएर तिक्तता देखिँदै आएको थियो । अब दुई नै घनिष्ट मित्र भएपछि उनीहरुका फ्यानमा चल्दै आएको घम्साघम्सी पनि रोकिने देखिएको छ । अनमोल र प्रदीप जतिजति नजिक हुँदैछन् दर्शकमा दुईलाई एउटै फिल्ममा हेर्ने चाहना पनि बढ्दै गएको छ ।
 

filmykhabar.com

Leave a Reply

%d bloggers like this: