Sun. May 5th, 2024

क्रिस्टियानो रोनाल्डोको एक गोलले युभेन्ट्सलाई इटालियन सुपर कप फुटबलको उपाधि जिताएको छ । रोनाल्डोले युभेन्टस गएपछि पहिलो पटक आफ्नो एक निर्णायक गोलले उपाधि जिताएको हो ।
साउदी अरेवीयाको जेदाहमा बुधबार राति भएको फाइनलमा एसी मिलानलाई १–० ले पराजित गर्दा रोनाल्डोले निर्णायक गोल गरेका हुन् ।
युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जित्दै सुपर कप सिजनको पहिलो उपाधि भित्र्याएको छ ।
खेलको ६१ औं मिनेटमा रोनाल्डोले मिलालिम पाजनिकको पासलाई आकर्षक हेड मार्फत पोष्टको दिशा दिएका थिए। खेलको ७४ औं मिनेटमा फ्रान्कले रातो कार्ड पाएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो।

Leave a Reply

%d bloggers like this: