Sun. Apr 28th, 2024

एजेन्सी ।
जहिल्यै पनि करण जोहरको फिल्म घोषणा भएपछि मानिसहरु उत्साहित हुन्छन् । किन भने रोमान्टिक फिल्मको बादशाह करणको जुुनै पनि फिल्मले बलिउडमा नयाँ अध्याय सुरु हुन्छ नै । यस पटक करण जोहरले आफ्नो आगामी फिल्म ‘तख्त’को घोषणा गरेका छन् ।
करणले यो फिल्मको घोषणा गरेसँगै चर्चा हुन थालेको छ । रणवीर सिंह र विक्की कौशलको फिल्मको आफ्नो भुमिका पनि बाहिरिएको छ । यो फिल्ममा अभिनेता रणवीर पुनः एक पटक एक्ट्रिम आर्टिष्टको रुपमा आउने भएका छन् । बाजीराव मस्तानी, खिलजीमा एक्ट्रिम भु्मिकामा डुबेका रणवीरले पुनः एक पटक इतिाहासको पन्नामा दर्ता गरिएको इतिहासको कहानीलाई जीवन्त पार्नेछन् ।
यता विक्की कौशलले भने उरीको सैनिकको भुमिकालाई प्रर्दामा प्रस्तुत गर्नेछन् । अभिनेता रणवीरले ‘सिम्बा’ सिफल्मको रिलिजपछि ‘तख्त’को सुटिङ गर्दैछन् । यसै फिल्मबाट करण जोहरले पनि करियरमै पहिलो पटक पिरियड ड्रामा अर्थात् एतिहासिक पृष्ठभुमीको फिल्म बनाउन लागेका हुन् ।

Leave a Reply

%d bloggers like this: