Fri. May 3rd, 2024

काठमाडौँ ।
दयाहाङ राई र दिया पुनको जोडी रहेको फिल्म दयारानी’ को पोस्टर सार्वजनिक भएको छ ।
दयाहाङ राई र दिया पुन फिल्मामा फिट जोडी मानिन्छ । यो जोडी पुनः एकपल्ट एकसाथ देख्न पाइने भएको छ । काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच दयारानीको पोस्टर र रिलिज मिति घोषणा गरिएको हो । दयारानीलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । र फिल्मको कथा पनि निर्देशन स्वयंमले लेखेका छन् ।
फिल्ममा दयाहाङको रानीको रुपमा दिया देखिन्दैछिन् । सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरबाट बनेको फिल्ममा गुरुङ समुदायको परिवेशलाई प्रस्तुत गरिएको छ । दया र दियाको अलावा बिजय बराल, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आगामी नयाँ वर्ष २०७६ जेष्ठ १० मा रिलिज हुने मिति तोकिएको छ ।

Leave a Reply

%d bloggers like this: