Mon. Sep 25th, 2023

काठमाडौं, १२ मंसिर ।
१ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
बन्दनाले मंसिर ७ गतेबाट आज दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ सय २६ घण्टाको कीर्तिमान बनाएकी हुन् । यसअघि, हेमथलाले १ सय २३ घण्टाको रेकर्ड बनाएकी थिइन् ।
कीर्तिमानसँगै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा बन्दनाले सबैभन्दा लामो समयसम्म नृत्य गर्ने महिलाको पहिचान बनाएकी छन् ।

Leave a Reply

%d bloggers like this: