Thu. May 2nd, 2024

काठमाडौ ।
चलचित्र ‘प्रेमलिला’को अफिसियल पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गदै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति माघ २५लाई तोकेको छ । पोस्टरमा निर्मात्री तथा अभिनेत्री दीपशिखा मात्र फिचर्ड छिन् । क्रोधित मुद्रामा केश मुण्डन गरिएको अवस्थामा उनलाई देखिएको छ ।
यसै चलचित्रबाट भारतीय मोडल अली खानले डेब्यु गरेका छन् । उनले नेपाली चलचित्रमा काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । चलचित्रमा दीपशिखा र अलीसँगै फिल्ममा मौसम खड्का, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि अभिनय छ । यस चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्की निर्माता रहेको फिल्मको कथा अभिनेत्री दीपशिखा स्वयमले लेखेकी हुन् ।
चलचित्रको कथा अनुसार हिन्दी बोल्न सक्ने पात्रलाई न्याय दिनका लागि भारतबाट अली खानलाई झिकाएको अभिनेत्रीले सञ्चार माध्यमलाई जानकारी गराइन । चलचित्रमा पवन गौतमको छायांकन, हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत, चन्दन दत्तको सम्पादन साथै रामजी लामिछाने र लोमस पौडेलको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

%d bloggers like this: