काठमाडाैं ।
फिल्म चौका दाउ मंसिर ७गतेबाट प्रर्दशनमा आउदैछ । यसै फिल्मको पहिलो गीत ‘राधा पियारी’ काठमाडौंमा एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो । सार्वजनिक ‘राधा पियारी’ बोलको गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाको संगीत रहेको छ ।
श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा संगीतकार बाँस्कोटा र कोमल राजभण्डारीको स्वर सुन्न सकिन्छ । भीमफेदी गाइजको कोरियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका लिड कलाकारहरूसँगै भीमफेदी गाइज पनि फिचर्ड छन।
